Satyawati
Division ban Pahalmanpur

विद्यालय शिक्षा विधेयक पुनर्लेखनको आवश्यकता छः यादव

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनर्लेखनको आवश्यकता रहेको बताएका छन् ।

Malpot office dadeldhura

शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० मा भग लिँदै उनले शिक्षा विधेयक संवेदनशील विषय भएको भन्दै विधेयक सोचेर बनाउनुपर्ने बताए । उनले विधेयकमा व्यापक हेरफेर गर्न र व्यापक संशोधन हाल्न जरुरी रहेको उल्लेख गरे । उनले विधेयक निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन ? भन्दै प्रश्न गरे ।

उनले भने , ‘शिक्षा विधेयक संवेदनशील विषय हो । यो विधेयक यस्तो बन्नुपर्छ की आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ । यो विधेयक सोचेर बनाउनु पर्छ । यो विधेयकको पुनः लेखनको आवश्यकता छ । किन भने यसमा व्यापक हेरफेर गर्न जरुरी छ । यसमा व्यापक संशोधन हाल्न जरुरी छ । यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय बिस्थापन गर्न त आएको होइन ? मैले महशुस गरेको छु ।

निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो त ? सल्लाह सुझाव लिएको भए त्यस्तो स्थिति आउँदैन थियो कि । शिक्षकहरुको आन्दोलन त जायज थियो, त्यसैले सम्झौता गरेको हो । सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना गर्नुपर्छ ।’ उनले सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना हुनुपर्ने बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...