छुटेका प्रतिनिधिलाई हेरफेर गरिने सहमतिपछि खोलियो एमाले सुदूरपश्चिमको प्रदेश कार्यालयमा लगाइएको ताला

धनगढी- छुटेका प्रतिनिधिलाई हेरफेर गरिने सहमतिपछि नेकपा एमाले सुदूरपश्चिमको प्रदेश कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको छ।मंगलबार प्रतिनिधि छनोट गर्दा मनोमानी गरिएको भन्दै नेकपा एमाले सुदूरपश्चिमको प्रदेश कार्यालय, कैलाली जिल्ला कार्यालय र धनगढी नगर कमिटीको कार्यालयमा तालाबन्दी गरिएको थियो।

नेकपा एमालेकै केही युवा नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका थिए। सोमबार निर्वाचन अधिकृतको कार्यालय धनगढीले अधिवेशन प्रतिनिधि छनोट गरेको थियो। एमाले कैलाली जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर शाहले प्रदेश अधिवेशनका लागि विधानविपरीत प्रतिनिधि छनोट गरिएकाले तालाबन्दी गरिएको बताएका थिए।

Navadurga sun

फेरि छुटेका प्रतिनिधिलाई हेरफेर गरिने सहमतिमा लगाइएको ताला खोलिएको शाहले बताए। भूगोलमा रहेका नेता, कार्यकर्तालाई प्रतिनिधित्व गर्ने सहमतिमा ताला खोलिएको शाहको भनाइ छ। उनले अधिवेशनमा प्रतिनिधि छनोट गर्दा विधि र प्रक्रिया पुर्‍याएर काम गर्नुपर्ने उनले बताए। सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते प्रदेश अधिवेशन हुँदैछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...