धनगढी- सुदूरपश्चिम प्रदेशको सार्वजनिक लिखत प्रमाणिकरण ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल भएको छ । आज बसेको प्रदेश सभा बैठकमा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले सो विधेयक सभासमक्ष टेबुल गरे ।
यसैगरी, प्रदेश सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्नका लागि शून्य समयसमेत निर्धारण गरिएको थियो । शून्य समयमा प्रदेश सभा सदस्यहरु खुशीराम डङ्गौरा थारु, गीता चौधरी, वीरबहादुर थापा, मानबहादुर रावल, लक्ष्मी विक, सन्तोषकुमारी शर्मा थापा, सरस्वती खड्का, जुनाकुमारी दानी, हीरा सार्की लगायतकाले बोलेका थिए ।

उनीहरुले भूकम्प प्रभावितको लागि उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । यसैगरी, घाइतेहरुको उद्धार र उपचारको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
