तिंकरमा टेलिकमको नमस्ते फोन सेवा सञ्चालन

दार्चुला- सञ्चारको पहुँचबाट टाढा रहेको दार्चुलाको व्याँस गाउँपालिका-१ तिंकरमा नेपाल टेलिकमको नमस्ते फोन सेवा सञ्चालन भएको छ। नेपाल टेलिकमले तिंकरमा टु जीसहितको फोन सेवा सुचारु गरेको हो।

चीनको सीमानजिकै रहेको दार्चुलाको एक मात्र गाउँ तिंकरमा नमस्ते फोन सेवा सञ्चालन भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुुर गुरुङले जानकारी दिए। उनले भने, ‘अहिलेलाई नमस्ते टु जी भिस्याटमार्फत सञ्चालन गरिएको हो। गाउँभन्दा तीन सय मिटर माथि टावर जडान गरिएको छ।’

Navadurga sun

‘पहिलोपटक गाउँमा सञ्चार सुविधा पुगेपछि स्थानीय खुसी भएका छन्। फोन नहुँदा सास्ती भोग्दै आएका तिंकरवासीका लागि नमस्ते फोन सञ्चालन भएपछि स्थानीय खुसी भएका छन्,’ वडासचिव विनोदसिंह बुढाथोकीले भने, ‘लामो प्रयासपछि गाउँमा फोन सेवाको पहुँच पुर्‍याउन सफल भएका छौँ। टेलिफोन जडानका लागि पटकपटक ध्यानाकर्षण गराएपछि अहिले सेवा लिन पाएका छौँ।’

व्याँस गाउँपालिका– १ छाँगरूमा नमस्तेको फोर जी छ। तिंकरमा भने टु जीबाट सेवा सञ्चालन गरिएको छ। फोन सञ्चालन भएपछि तिंकरको छायालेकमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि समेत सुविधा पुगेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...