टीकापुर नगरपालिकाद्धारा ७५ करोडको बजेट पारित

टीकापुर, १० असार– कैलालीको टीकापुर नगरपालिकाद्धारा आर्थिक वर्ष २०७८र०७९ का लागि ७५ करोड रुपैयाँको बजेट पारित गरेको छ । नवौं नगर सभामा उपप्रमुख केशरी विष्टले प्रस्तुत गरेको ७५ करोड ८८ लाख ९५ हजार पाँच शय रुपैयाँको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

Navadurga sun

नगरपालिकाले प्रस्तुत गरेको बजेटमा आन्तरिक श्रोतबाट ८ करोड २२ लाख ५ हजार पाँच शय, राजश्व बाँडफाँडबाट १६ करोड ६३ लाख ५४ हजार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५१ करोड ३ लाख ३६ हजार रुपैयाँ श्रोत रहने छ। प्रस्तुत बजेटमा चालु तर्फ ४९ करोड, ३३ लाख ६७ हजार ६ शय ३ रुपैयाँ तथा पुँजीगततर्फ २६ करोड ५५ लाख २७ हजार ८ शय ९७ रुपैयाँ विनियोजन गरिएको छ ।

टीकापुर नगरपालिकाले यसअघि निर्माण गरेको बृहत् योजना २०७७ अनुसार ‘उत्पादनशील, स्वस्थ, शिक्षित, पूर्वाधारयुक्त, सुव्यवस्थित पर्यटकीय नगर’ को दीर्घकालीन सोचलाई पूरा गर्ने गरी कुल बजेटको पूर्वाधारतर्फ २७।९९, सामाजिक विकासतर्फ ४३।६३, आर्थिक विकासतर्फ ६।०४ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३।०३ र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १९।३ प्रतिशत बजेट विनियोजन गरिएको छ । नगरले पारित गरेको बजेटमा पूर्वाधार विकासतर्फ एक वडाः एक गौरबको सडक योजनाका लागि ७ करोड २० लाख, वडास्तरीय योजना सञ्चालनका लागि ६ करोड ७५ लाख, सडक बत्ती जडानका लागि ७० लाख, सिसी क्यामेरा जडानका लागि २५ लाख, समपुरक कोषमा ८ करोड २२ लाख ८३ हजार रकम विनियोजन गरिएको छ ।

त्यस्तै सामाजिक विकासतर्फ निजी शिक्षक र विद्यालय कर्मचारीका लागि दिँदै आएको अनुदानमा २ करोड ९ लाख ३६ हजार, विद्यालय दिवा खाजा कार्यक्रमका लागि १ करोड २४ लाख रकम विनियोजन गरिएको छ । कोभिड १९ महामारी विरुद्धको खोपका लागि ६१ लाख ८७ हजार, टीकापुर अस्पतालमा सञ्चालित बालरोग, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर सेवाका लागि ५० लाख ४० हजार, महिला स्वास्थ्य स्वयम्सेविकालाई पोशाक खर्च र यातायात खर्चका लागि ३७ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।

बजेटले यसअघि सञ्चालन हुँदै आएका कार्यक्रमको निरन्तरता सँगै कोरोना रोगका लागि सबैका लागि खोप, मेयर जेष्ठ नागरिक कार्यक्रम, ग्रामीण अल्टासाउण्ड कार्यक्रम, आमासगँ उपमेयर कार्यक्रम, नमूना स्वास्थ्य वडा कार्यक्रम, आयुर्वेद स्वस्थ जीवन कार्यक्रमका लागि समेत समेटेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...