सुदूरपश्चिममा एमाले प्रथम अधिवेशनको तयारी तीव्र, यी हुन् आकांक्षीहरु

बैतडी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीको असोज तेस्रो साता हुने प्रथम अधिवेशनका लागि सोमबार प्रतिनिधि छनोट हुँदैछन्।

एमाले प्रदेश कमिटीको निर्णय अनुसार असोज २१ र २२ गते हुने अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट एक साथ प्रतिनिधि छनोट हुन लागेको प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए।

Navadurga sun

सुदूरपश्चिम प्रदेशमा एमालेका ५३ हजार बढी संगठित सदस्य छन्। ती सदस्यले चुन्ने ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्नेछन्।

लुम्बिनीबाट सुरु एमालेको प्रदेश अधिवेशन बागमतीमा सम्पन्न भइसकेको छ। नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले यसअघि सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका थिए।

एमालेले ‘एक व्यक्ति एक पद’को नीति लागू गर्ने प्रयास गरेकाले अधिवेशन रोमाञ्चक हुने देखिएको छ। एमालेको सुदूरपश्चिम प्रदेश नेतृत्वका लागि कञ्चनपुरका बहादुर सिंह, अछामका कृष्ण जैसी, बाजुराका लालबहादुर थापा, कैलालीका झपटबहादुर रावल आकांक्षी देखिएको नेताहरु बताउँछन्।

उनीहरुमध्ये कञ्चनपुरका सिहं र अछामका जैसीबीच अन्तिममा प्रतिस्पर्धा हुने एमालेका एक नेताको दाबी छ। सुदूरपश्चिम एमालेमा लेखराज भट्ट, दामोदर भण्डारी, कर्ण थापा र भीम रावलका तीन समूह प्रष्ट छन्।

ती समूहमध्ये जैसीलाई कर्ण थापाले अघि सारेका छन्। कञ्चनपुरका सिंह र बाजुराका थापा, भट्ट, भण्डारी समूह तथा रावल भीम रावल समूहका हुन्।

बाजुराका थापा केन्द्रीय सदस्य भएकाले उनी उम्मेदवार हुनेरनहुने अझै निश्चित भइसकेको छैन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठक उम्मेदवार बन्न पाउने छैनन्। भण्डारी प्रतिनिधि सभा र पाठक प्रदेश सभा सदस्य हुन्।

बैतडीबाट प्रदेश सभा सदस्य निर्वाचित भण्डारी अहिले प्रदेश अध्यक्ष छन्। उनीसँग बैतडी र डडेल्धुरा बाहेक अरु नेताहरु छैनन्। भिम रावल र लेखराज भट्टको समूहमा अध्यक्षका लागि प्रतिस्पर्धा हुने छ। ९ जिल्ला रहेको सुदूपश्चिममा पनि प्रदेश अधिवेशन सकिएपछि जिल्ला अधिवेशनहरु हुने छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...