प्रदेशका मुख्यमन्त्रीलाई गोदावरीका मेयर भट्टको ज्ञापन पत्र

अत्तरिया– प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन् मा चालु आर्थिक बर्षमा दररेट बढाएको भन्दै गोदावरी नगरपालिकाले ध्यानाकर्षण गराएको छ । नगरपालिकाका मेयर बिरेन्द्र भट्टले प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर पालिकाको निणर्य सहित को पत्र बुझाएका हुन ।

भट्टले सामाजिक सन्जालमा एक पोष्ट गर्दै लेखेका छन, ‘नागरिक हरुलाइ पर्न गएको महंगाइ र ट्र्याक्टर व्यवसायिहरु लाई पर्न गएको कठिनाइलाई मध्यनजर गर्दै नदिजन्य पदार्थको मूल्य का बारेमा पुनरावलोकन गरियोस भनी गोदावरी नगरपालिकाको निणर्य सहितको ज्ञापन पत्र माननीय मुख्य मन्त्री श्री कमल बहादुर शाह ज्यु समक्ष !’

Navadurga sun

गोदावरी नगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने खोलाहरुबाट नदीजन्य पदार्थ बिक्री बितरणको लागी दोस्रो पटक ठेक्का आह्वान गरेको छ । नगरपालिकाले पहिलो पटक ठेक्का आह्वान गर्दा कसैको पनि नपरेपछि दोस्रो पटक ठेक्का आह्वान गरेको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...