धनगढी उप-महानगरपालिकाको नीति,कार्यक्रम तथा बजेट पारित

धनगढी, १० असार- धनगढी उप-महानगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति, कार्यक्रम तथा बजेट बिहीबार नगरसभाबाट सर्वसम्मत पारित गरिएको छ । उप-महानगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति, कार्यक्रम तथा बजेट असार ८ गते सातौं नगरसभामा पेश गरेको थियो । नीति, कार्यक्रम तथा बजेट माथी नगरसभाका सदस्यहरुले ३ दिन सम्म छलफल गरेको नगरसभाका अध्यक्ष तथा धनगढी उप-महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।

Dadeldhura hospital

नगसभामा नीति, कार्यक्रम तथा बजेट माथी राम्रो गरि छलफल भयो, नगरप्रमुख वडले भने, ‘सुझावहरुलाई समेट्दै नगरसभाले सर्वसम्मत पारित गर्‍यो ।’ सबै जनप्रतिनिधीहरु इमान्दार साथ जनताको सेवामा खटिएका छन् नगरप्रमुख वडले भने, ‘विकास निर्माणका कामहरु पनि चुनावको समयमा गरिएका प्रतिवद्धता अनुसार गरिएको बताए ।’ नगरप्रमुख वडले नीति उपमहानरपालिकाको भिजन भएकाले एकै बर्षमा पुरा नहुने बताए ।’

Navadurga sun
Godawari sandesh

धनगढी उप-महानगरपालिकाका उप-प्रमुख सुशिला मिश्र भट्टले नगरसभामा सक्रिय भएर छलफलमा सहभागिता जनाउनु भएकाले नगरसभा सदस्यहरुलाई धन्यवाद दिईन । नगरसभा सदस्यहरुले निकै सुन्दर सुझाव दिएका छन् यसलाई सभाले ग्रहण गरेको छ उप-प्रमुख भट्टले भनिन्, ‘सुझावले नीति, कार्यक्रम तथा बजेटलाई पूणर् बनाएको छ ।’ उप-महानगरपालिकाले नगरसभामा १ अर्व ८१ करोड २८ लाख २२ हजार १ सय बजेट पेश गरेको थियो । जसमध्य चालुतर्फ १ अरव २ करोड ८० लाख ७० हजार र पुँजीगत तर्फ ७८ करोड, ४७ लाख ५१ हजार रहेको छ ।

Loading...