बैतडीमा भिरबाट लडेर किशोरीको मृत्यु

Dadeldhura hospital

बैतडी- बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको भिरबाट लडेर मृत्यु भएको हो।

शनिबार दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्। भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्।

Navadurga sun
Godawari sandesh
Loading...