कञ्चनपुरबाट दुई किशोरीको उद्धार

धनगढी- कञ्चनपुरबाट दुई किशोरीको उद्धार गरिएको छ। जिल्लाको बेलौरी नगरपालिकाबाट–२ किशोरीको उद्धार गरिएको हो। बेलौरी नगरपालिका वडा नम्बर १० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका दुई किशोरीको उद्धार गरेको छ।

बेलौरी– १ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ। प्रहरीले शंकाको अधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...