कैलारी गाउँपालिकाको बजेट रू. ६३ करोड पाँच लाख

अत्तरिया, १० असार– कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ६३ करोड पाँच लाख २५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आज भएको आठौं गाउँ सभा अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन ।

Navadurga sun

उनले गाउँपालिकाको जम्मा विनियोजन ६० करोड ८९ लाख ६७ हजार र गैर सरकारी संस्थाको दुई करोड १५ लाख ५८ हजार रुपैयाँ गरेर ६३ करोड पाँच लाख २५ हजार रुपैयाँ बजेट रहेको जानकारी दिइन । कोरोना महामारीले समग्र क्षेत्रमा ठूलो असर गरेको बेला कैलारी गाउँपालिकाले विषयगत समितितर्फ पूर्वाधार विकास र सामाजिक विकासमा सबैभन्दा बढी तीनरतीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै, आर्थिक विकासतर्फ दुई करोड २५ लाख, वन तथा विपद व्यवस्थापनमा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै सुशासन तथा संस्थागत विकासमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले गौरवका योजना, विषयगत समिति तथा कार्यविधि बमोजिमका कार्यक्रम अन्तरत वनदेवी धार्मिक पर्यटकीय क्षेत्र निर्माण योजनाका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, सडकपुर-लोहरपुर सडक आयोजनाका लागि ७० लाख, एक सहकारी एक उद्योग परियोजनाका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नमूना विद्यालय परियोजनाका लागि २५ लाख, दुधिया मिनी पार्क आयोजना परियोजनाका लागि २५ लाख, एक वडा एक कृषि पकेट परियोजनाका लागि १५ लाख, सुर्मिनाला-लौसा सडक रणनीतिक योजना र धर्मापुर-शीतलपुर सडक आयोजनाका लागि १०र१० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । एक वडा एक कालोपत्रे सडक, रणनीतिक योजनाका लागि एक करोड ३५ लाख, कमल पोखरी पर्यटकीय योजनाका लागि पाँच लाख, स्वरोजगार कोष, ऋण लगानी कार्यक्रमका लागि ४० लाख, सूचना तथा प्रविधि केन्द्रका लागि २० लाख, गुर्गी बाधका लागि दुई लाख र झोलुङ्गे पुल कार्यक्रमका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाको आगामी आर्थिक वर्षको आयको रुपमा सङ्घीय सरकारबाट प्राप्त हुने ५२ करोड ४७ लाख नौ हजार, प्रदेश सरकारबाट प्राप्त हुने दुई करोड ७९ लाख ५८ हजार रुपैयाँ रहेको छ । यसैगरी, गाउँपालिका आन्तरिक आय दुई करोड ६३ लाख, आन्तरिक स्रोत ९चालू आवको बचत० तीन करोड रुपैयाँ गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि आयको रुपमा रहेको छ ।

अधिवेशनमा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आर्थिक वर्ष २०७८र७९ का लागि “शिक्षा र स्वास्थ्य मानव भविष्यको मूलआधार १ स्मार्ट कैलारी गाउँपालिका लागि दिगो विकास र रोजगार”, भन्ने मूल नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले अहिलेसम्म कैलारी गाउँपालिका सरकारले राजनैतिक, भौतिक, आर्थिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, भाशिक, न्यायिक, शान्ति, सुरक्षा र रोजगार लगायत समग्र विकासको लागि अथक प्रयास गरिरहेको जानकारी दिए । उनले चालू आवको प्रगति विवरणसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

गाउँपालिकाले बहुवर्षका गौरवका योजना, आयोजना र परियोजनाहरुलाई कार्यन्वयन, व्यवस्थापन, मर्मत सम्भारमा निरन्तरता दिने नीति लिएको छ । यस्तै कार्यान्वयनमा रहेका र अधुरा वा क्रमागतमा रहेका भौतिक पूर्वाधारका योजनाहरु आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने जनाइएको छ । विद्धुतीकरण विस्तार, ग्रामीण बाटोहरुमा कल्भर्ट निर्माण, होम पाइप जडान र सडक गुरुयोजनाका सडक मापदण्ड २०७५ बमोजिम कालोपत्रे र ग्राभेल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...