झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मंगलबार पनि आवागमन बन्द गरिएको छ।  महाकाली नदीमाथिको रहेका झोलुंगे  पूल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।
Navadurga sun
Godawari sandesh
पूलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले मंगलबार पनि सीमा नाकामा आवागमन बन्द गरिएको हो।
यसअघि  मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो। तर मर्मतको काम नसकिएको भन्दै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको प्रजिअ पन्थीले बताए।
अर्को सूचना जारी नहुँदा सम्मको लागि दैनिक  बिहान ८ः४५ देखि दिउसो १ः१५ बजेसम्म र दिउसो २ः१५ बजे देखि पुनः ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
Dadeldhura hospital
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको हो। यसअघि सीमाक्षेत्रमा नेपाल –भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा  दुवै पक्षका अधिकारीहरुबीच सहमति भएको थियो।
झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ। पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ।  यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो।
तत्कालको लागि काम दिने गरी मर्मत हुने पुलमा जोखीम भने कायमै छ। पुरानो काठको पुल भारतीय पक्षले बेला– बेला काम चलाउको लागि मर्मत गरेपनि पूर्ण रुपले मर्मत हुन सकेको छैन। पुल मर्मत नहुदा सयौँ मान्छेहरु दैनीक जोखीम मोलेर यात्रा गर्न बाध्य छन्।
झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा चिनिन्छ।  झुलाघाटस्थित  महाकाली नदीमा मोटरेबल पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ।
Loading...