जनता महँगी र बेरोजगारीको मारमा छन्, सरकारको प्रभाव छैन: बद्री पाण्डे

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले महँगी र बेरोजगारीको मारमा नागरिकहरू रहेको बताएका छन्। सोमबार केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठकमा बोल्दै उनले सरकार भए पनि प्रभाव नदेखिएको बताए।

‘अर्थ मन्त्री, कानुन मन्त्री, उद्योग मन्त्री हाम्रो हुनुहुन्छ तर ठूलो महँगीको मार अभाव र बेरोजगारीको मार नागरिकहरूले खेप्नुपरेको छ,’ उनले भने, ‘नागरिक र मतदाताको चित्कार हामीमाथि र हाम्रो चित्कार सरकार र मन्त्रीमाथि छ। देखिनमा सरकार छ तर सरकारका प्रभाव देखिएका छैनन्।’

Navadurga sun

उनले जनतामा दुस्खभन्दा पनि विश्वाभङ्गको अवस्था देखिएको बताए। अर्थतन्त्र खस्केकोले उकास्न लाग्नुपर्ने उनले बताए। ‘पार्टीभित्र उत्साह, एकता र रूपान्तरण आवश्यक छ। यसका लागि सभापतिले भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने।

 

ADD Khali jpg
Loading...