झुलाघाट नाकामा आवागमन बन्द

Dadeldhura hospital

बैतडी- बैतडीको झुलाघाट नाकामा आज आवागमन बन्द गरिएको छ। नेपाल–भारत सीमा नाका झुलाघाटस्थित झोलुंगे पुल मर्मत सम्भार कार्य भइरहेको हुँदा आवागमन बन्द गरिएको हो। भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमा नाकामा आवागमन बन्द रहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।

Ganyapdhura gau

भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एकदिनका लागि पुलमा आवागमन बन्द गरिएको बताइएको छ। यसअघि पुल मर्मतका बिषयमा दुवै पक्षका अधिकारीहरुबीच सहमति भएको थियो। पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए।

 

Couple
Loading...