‘अर्गानिक’ घोगा भित्र्याउँदै किसान

बैतडी- यस जिल्लामा सबैभन्दा बढी फल्ने अन्नका रूपमा रहेको ‘अर्गानिक’ घोगा (मकै) भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ। बैतडीको रैथाने धौलो घोगा (सेतो जातको मकै) फलाउन शुद्ध गोठेमल प्रयोग गरिन्छ।

Ganyapdhura gau

जेठमा रोपेको मकै भदौ अन्तिम सातादेखि असोज पहिलो साताभित्र पाक्न थालेपछि स्थानीय किसानले परम्परागत लुटा (चाङरटौवा) बनाएर राख्न थालेका छन्। मकैको चाङलाई हिँउदभरि खुला राखेर घाममा सुकाइन्छ।

Navadurga sun
Godawari sandesh

जिल्लाको तल्लो स्वराड क्षेत्रको मेलौली, शिवनाथ, पञ्चेश्वर, च्वाँगढको सिगास, पुर्चौडी, दोगडाकेदार, सुर्नया र ग्वाल्लेक क्षेत्रका किसानलाई अहिले मकै भित्र्याउन भ्याइनभ्याइ छ । मकै भाँचेर लुटो (चाङ) मा राख्न चारदेखि छ वटा घोगालाई झुप्पो बनाएर बाँध्ने गरिन्छ ।

Dadeldhura hospital

यसरी तयार भएको मकै राख्न करिब १० फिटसम्म अग्लो काठ ठड्यार डोरीमा मकैको झुप्पा बेरेर लुटो (चाङ) तयार गरिने मेलौलीका किसान चिन्तामणि भट्टले बताए । घाममा मकै सुक्ने भएकाले घरको आँगनमा लुटो बनाउने चलन रहेको उनले बताए ।

हिउँदमा आवश्यकता अनुसार चाङबाट मकै निकालेर परम्परागत जाँतो र घट्टमा पिसेर मकैको रोटी खाने चलन छ। मोहीसँग मकैको रोटी प्रसिद्ध खाना हो। गोरस र कार्बोहाइड्रेड मकैको रोटी निकै स्वस्थकर खानामा पर्ने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए ।

आधा खाद्यान्न मकैबाट पूर्ति

बैतडीमा आवश्यकपर्ने कुल खाद्यान्नको करिब आधा हिस्सा मकैले धान्ने गरेको छ । वार्षिक ४९ हजार १२४ मेट्रिक टन खाद्यान्न आवश्यकपर्ने गरेको छ। १२ हजार दुई सय हेक्टर क्षेत्रफलमा २१ हजार ९६० मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्यम चौधरीले बताए ।

कृषि ज्ञान केन्द्र बैतडीका आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार नौ हजार हेक्टरमा हुने धान खेतीबाट वार्षिक १६ हजार मेट्रिक टन धान, १५ हजार चार सय हेक्टरमा हुने गहुँ खेतीबाट १८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ । दुई लाख ४४ हजार चार सय जनसङ्ख्यालाई वार्षिक ४९ हजार १२४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गरेको छ । गहुँ, धान र मकै गरी ३६ हजार ३०८ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ ।

Couple
Loading...