धनगढीमा जुवातास खेलिरहेका सात जना पक्राउ

धनगढी- धनगढीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहका आनन्द के.सी.को घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–४ बस्ने ५० वर्षीय दिपेन्द्र भण्डारीसहित सात जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६४ हजार ३ सय ८० रुपैँया र मोवाईल ९ थान, ३ गड्डी ताससहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...