डडेल्धुरामा जुवातास खेलिरहेका ६ जना पक्राउ

Bhancha ghar0

डडेल्धुरा- डडेलधुरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। जिल्लाको पर्शुराम नगरपालिका–४ कटालका टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ का ५२ वर्षीय करनदेब ओझा समेत गरि ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.