बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

कञ्चनपुर, ९ असार- कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्री बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको हो ।

राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका नेता खेम सुवेदीको विशेष पहलमा अक्सिजन सिलिन्डर ३ थान, अक्सिजन कन्सन्ट्रेटर १ थान (रौतेली स्वास्थ्य चौकी), थर्मलगन १ थान, पल्स अक्सिमिटर १ थान, मास्क १ हजार थान, ग्लोब्स १ सय थान, फेस सिल्ड २० थान, गाउन ५० थान, एन्टीजिन कीट ५० थान, भिटिएम कीट ५० थान, फ्लो मिटर ३ थान र नसल पाइप १ थान लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसैगरी राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्टले कञ्चनपुर क्षेत्र नम्बर १ का नागरिकहरूले कोभिड महामारीको समयमा खेप्नु परेको दुःखमा मल्हम लगाउन विभागसँग अत्यावश्यक स्वास्थ्य सामग्री माग गरिएको भए पनि केही मात्रामा मात्र स्वास्थ्य सामग्रीहरू विभागबाट प्राप्त भएको बताएका छन् ।

उक्त प्राप्त सामग्रीहरू कञ्चनपुर क्षेत्र नम्बर १ का विभिन्न स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरिएको र थप सामग्रीका लागि पुनः विभागमा माग गरिने बिष्टले बताए । बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले विभागबाट स्वास्थ्य सामग्री ल्याई बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउनु भएकोमा धन्यवाद ज्ञापन व्यक्त गरेका छन्। त्यसैगरी बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले आगामी दिनमा एक्सरे र भिडियो एक्सरे मेसिन सहित थप सहयोगको अपेक्षा गरेकी छिन् ।

नेकपा एमालेका नेता खेम सुवेदीले कोभिडका कारण सिंगो विश्व नै छिन्नभिन्न भएको अवस्थामा महामारीसँग लड्न नेपाललाई निक्कै गाह्रो भएको परिस्थितिमा विभिन्न दातृ निकायबाट सहयोग पाएको उल्लेख गरेका छन् । सुवेदीले फन्टलाईनमा खटिएका सबै पक्ष प्रति आभार समेत व्यक्त गरेका छन् ।

बेलडाँडी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष एवं बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज खातीले कोभिड-१९ को रोकथामका लागि यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेश र प्रतिनिधि सभाका सदस्यहरूबाट कुनै किसिमको सहयोग नपाए पनि राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट सहितका नेताहरूको पहलमा स्वास्थ्य सामग्री पाइएकोमा उनीहरु सम्पूणर्मा आभार व्यक्त गरे। बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजेन्द्र प्रसाद भट्टले सबै पक्षको सहयोगबाट प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवा प्रवाह गर्न सकेको उल्लेख गरेका छन् । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्ट सहित कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति समेत रहेको थियो ।

Loading...