बारुद र बन्दुकसहित एकजना पक्राउ

बैतडी- बारुद र भरुवा बन्दुकसहित बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाँउपालिका–१ रिमका ४५ वर्षीय विष्णुसिंह साउद रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

Ganyapdhura gau
Dadeldhura hospital

सोही गाउँपालिका–२ मल्लाढिकबाट पक्राउ परेका साउदको साथबाट एक नाले भरुवा बन्दुक र ७१० ग्राम बारुद पनि बरामद गरिएको छ।गोप्य सूचनाको आधारमा प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र बारुदसहित पक्राउ गरिएको जनाएको छ।

Navadurga sun
Godawari sandesh

पक्राउ परेका साउदमाथि हातहतियार तथा खरखाजना सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ।

Couple
Loading...