सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशनको बैठक लगातार दोस्रो पटक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशनको बैठक स्थगित भएको छ । बुधबार आह्वान गरिएको बैठक स्थगित भएको हो । बैठक स्थगित भएको भन्दै प्रदेश सभामा सूचना टाँस गरिएको छ । सो सूचनामा विशेष कारणले बैठक स्थगित गरिएको उल्लेख गरिएको छ । यसअघि सोमबार आह्वान गरिएको बैठक पनि सुरु नहुँदै सूचना टाँस गरी स्थगित गरिएको थियो ।

Dadeldhura hospital

प्रदेश सभाको अर्को बैठक भोलि बिहीबार दिउँसो १ बजे आह्वान गरिएको छ । प्रदेश सभाको विषयगत समितिमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफल सकिएर बुधबार सभामा पेश गरिने कार्यक्रम रहेको सभामुख अर्जुनबहादुर थापाले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

थापाले भने- ‘सो विधेयकलाई विषयगत समितिले अन्तिम रुप नदिएपछि बैठक स्थगित गरिएको हो ।’ भोलि (बिहीबार) आह्वान गरिएको बैठक जसरी पनि सञ्चालन हुने थापाले बताए ।

सातौँ अधिवेशनको पाँचौ बैठकसम्म आइपुग्दा सभाबाट एक अध्यादेश र एक ऐन पारित भइसकेको छ भने विजनेश नहुँदा दुई पटक बैठक स्थगित गरिएको छ । प्रदेशको सातौँ अधिवेशन शुरु भएदेखि चौथो बैठकबाट वातावरण संरक्षणसम्बन्धी कानुन संशोधन र एकिकरण गर्न बनेको अध्यादेश र पाँचौँ बैठकबाट सुदूरपश्चिम प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। अहिले प्रदेश सभाको विषयगत समितिमा चार वटा विधेयक दफाबार छलफलमा रहेका छन् ।

Loading...