सर्वोत्कृष्ट एकल तिज गित अवार्ड कृष्णा सिराडिलाइ

सन्तोष पाण्डेय /बैतडी- सर्वोत्कृष्ट एकल तीज गीत अवार्ड गायिका कृष्णा सिराडीले जितेकी छन्। विशाल राष्ट्रिय तिज म्युजिक अवार्ड २०८० मा सहभागी भएकी सिराडीले सर्वोत्कृष्ट एकल तीज अवार्ड जितेकी हुन्।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

देशभरबाट सर्वोत्कृष्ट अवार्ड जित्न अनलाइन मनोनयन गर्नु पर्नेमा सिडारीले सर्वाधिक मत प्राप्त गरिन्। ‘अवार्ड जित्न सफल बनाउनु हुने सम्पूर्ण सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेकी छन । , आगामी दिनमा पनि यहाँहरूको यस्तै साथको अपेक्षा गरेकी छु,’ गायिका सिराडीले भनिन्। आज अवार्ड जित्दा निरन्तर संगीतमा क्रियाशील हुन थप प्रेरणा मिलेको उनले बताइन्।

डोटीको बडिकेदार-५ सिराडा घर भई हाल धनगढीलाई कर्मथलो बनाउदै आएकी सिराडी कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छिन्।

हालसम्म कृष्णाले २ सय ५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। उनका बास घुघुती, देउर्या, सालीको बैस र झल्का लाइगै साली जस्ता गीत चर्चित छन्।दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेकाले पनि आफू यस क्षेत्रमा सक्रिय रहेको उनले बताइन्।

बाल्यकालदेखि उनलाई संगीत मन पर्थ्यो । ‘संगीतमा केही गर्न सक्छु भन्ने लागेर गायन थालेको हुँ,’ उनी भन्छिन्। साथै उनी विभिन्न सामाजिक कार्य गर्दै आएकी छन्।

Couple
Loading...