सुदूरपहाडको अवरुद्ध सञ्चार सेवा सञ्चालन

बैतडी- सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको अवरुद्ध सञ्चार सेवा सुचारु भएको छ। डडेल्धुरामा अप्टिकल फाइबर काटिदा सोमबार दिउँसोदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चारसेवा मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

काटिएको अप्टिकल फाइबर अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि सेवा सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए।

Navadurga sun
Godawari sandesh

वर्षापछि रूख ढलेर अप्टिकल फाइबर काटिदा सञ्चार सेवा अवरुद्ध भएको थियो। उनले भने, ‘प्राविधिक टोलीले काटिएको अप्टिकल फाइबर मर्मत गरेपछि मंगलबार साढे बजेपछि सेवा सुचारु भएको छ।’

यसअघि सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएकोमा सबै काम सुरु भएको छ। साथै मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएकोमा सुचारु भएको नेपाल टेलिकम बैतडीले जनाएको छ।

Couple
Loading...