

बैतडी- बैतडीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ ज्यापु भन्ने स्थानमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।



बझाङबाट धनगढीका लागि छुटेको से १ ज ९७९ नम्बरको जिप र धनगढीबाट आइरहेको से ७ प ६२८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । सो दुर्घटनामा मोटरसाइकल चालक सुर्नया गाउँपालिका ५ का मदन विष्ट घाइते भएका छन् ।


उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालले धनगढी रेफर गरेको छ। बिष्टको बायाँ खुट्टा र बायाँ हातमा चोट लागेको छ। जिप चालक बझाङको बुंगल नगरपालिका ८ का रमेश बोहरा र जिपलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





