९ किलो चरेससहित दुई जना प्रहरी नियन्त्रणमा

दार्चुला- शैल्यशिखर नगरपालिकाको नायलबाट चरेससहित दुई जना पक्राउ परेका छन् । मंगलबार बिहान करिब ९ किलोग्राम चरेससहित एक महिला र एक पुरूषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Ganyapdhura gau

जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका-९ नायलबाट ८ किलो ८५० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका-४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको उनले बताए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरूको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले बताए ।

धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Couple
Loading...