

दार्चुला- दार्चुलामा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्वर २ भगवती ठिङ घर भएर हाल महाकाली नगरपालिका वडा नम्वर ४ विद्यानगर टोल तल्ला सैन बस्ने ३० वर्षका नरेन्द्र सिंह धामी आफ्नै बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



प्रहरी कार्यालय दार्चुलाका अनुसार हरिदत जोशीको घरमा कोठा भाडामा बस्ने धामी आइतबार १:४५ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।


प्रारम्भीक अनुसन्धानबाट श्रीमती माइत गएको बेला उनले कोठामा झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।





