दार्चुलाको तिंकरमा सशस्त्र प्रहरीको बिओपी स्थापना

दार्चुला- चीनसँगको सीमानाका दार्चुलाको व्याँस गाउँपालिका-१ स्थित छयाँलेक तिंकरमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ।

सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले शुक्रबार बिओपीको उद्घाटन गरेका छन्।
दार्चुला सदरमुकामबाट करिब एक सय १२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो।

Navadurga sun

सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करिब ११ किलोमिटरको दूरीमा छ। उत्तरी नाकामा सशस्त्र प्रहरीको यो आठौँ बिओेपी हो।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोलासहित आठ ठाउँमा बिओपी स्थापना गरिसकेको छ।तिंकरमा स्थापना भएको बिओपीसहित चीनतर्फ नौ वटा र भारततर्फ दुई सय ४३ गरी बिओपीको संख्या दुई सय ५२ पुगेको छ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपी स्थापनाको लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भाद्र १३ गते त्यसतर्फ लगिएको थियो। सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ। नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरु भारतको नाभिडाङ्ग र चीनको ताक्लाकोट बजारनजिकै पर्दछ।

बिओपी उद्घाटन कार्यक्रममा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्व गण कैलाली तथा नं. ४४ गण दार्चुलाका गणपति, नं. ५० गुल्म छाङ्गरुका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुखहरू तथा स्थानीयको उपस्थिति थियो। सशस्त्र प्रहरीले गोरखाको नाकामा पनि बिओेपी स्थापना गर्ने तयारी गरेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...