दार्चुलामा गौरा पर्व हेर्न पुगेका युवामाथि निर्घात कुटपिट, पूर्वमेयरको संलग्नता रहेको आरोप

दार्चुला- दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ । मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि निर्घात कुटपिट गरिएको हो ।

मालिकार्जुन मन्दिर नजिकैको चैतलीचोर बजारमा खाजा खाएर होटलबाट बाहिर निस्किने क्रममा धामीले ८१० जनाको समूहका आएका व्यक्तिहरुले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट धामीको टाउको, अनुहार लगायतका विभिन्न भागमा चोट लागेको छ ।

Navadurga sun

उक्त घटनामा शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको संलग्नता रहेको पीडीतको आरोप छ । पूर्व मेयर धामीले आफ्ना मान्छेहरु प्रयोग गरेर कुटपिट गराएको स्थानीयले आरोप लगाए । कुटपिटमा संलनहरु पूर्व मेयरकै गाडीमा आएमा थिए । र कुटपिटपछि उनकै गाडीबाट भागेको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।

मादकपदार्थ सेवन गरेका पूर्व मेयर धामीले ‘इन्सपेक्टर मेरो मान्छे हो । सालेको हातखुट्टा भाचिदेउ,’ भनेर निर्देशन दिएको प्रत्यक्षदर्शीहरुले बताए ।

घटनास्थलमा उपस्थित अन्य महिलाहरूले होहल्ला गरेका थिए । त्यसपछि उनी त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएका थिए । टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका दिनेशलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

पीडितका आफन्तहरुले सुरक्षामा खटिएको प्रहरीले नै आक्रमणमा संलग्नलाई भगाएको आरोप लगाएका छन् ।

गौराको सुरक्षाको जिम्मा लिएका ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्स्पेक्टर मान सिंह ऐरीले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरि कारबाही गर्नुको साटो पूर्व मेयर धामीको गाडीमा राखेर भगाउन सहयोग गरेको पीडितका आफन्तको भनाई छ ।

घटनाको केही समय अगाडि इन्सपेक्टर ऐरीले पूर्व मेयर धामीसँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । चैतलीचोरमा रहेको स्थानीय मदिरा पसलको भित्र कोठामा गईसँगै रक्सी सेवन गरेको होटेल संचालन अमर सिंह धामीले बताए ।

घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामीले पूर्व मेयरसँगै रक्सी सेवन गरेका इन्स्पेक्टर ऐरीलाई देखाउँदै ‘इन्स्पेक्टर मेरो मान्छे हो कोही मेरो र मेरा केटाहरूको अगाडी आयो भने ठोक्ने हो भन्दै बोलेको बताए ।

घटनास्थलनजिकै मदिराले लठ्ठ भएका इन्स्पेक्टर ऐरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिनुको साटो भगाएको प्रत्यक्षदर्शी शोभा धामीले बताइन् ।

उक्त घटनापछि जिल्ला प्रहरी कार्यालयले समेत जाहेरी दर्ता गर्न मानेको छैन् । दिनेशलाई आक्रमण गर्ने पुर्व मेयर लगायत अन्य दश जनाविरुद्ध पीडितले प्रहरीमा जाहेरी दिएको थियो । ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी लिई जिल्ला प्रहरी कार्यालयका गएका दिनेशका आफन्तलाई प्रहरीले जाहेरी दर्ता गर्न नमिल्ने भन्दै फर्काईदिएको थियो ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...