सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी पुरुषोत्तम कँडेलले पाए, प्रहरी प्रमुख सुवेदीको सरुवा

अत्तरिया, ७ असार- सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पुरुषेत्तम कँडेलले पाए सँगै उत्तम सुवेदीको सरुवा भएको छ । उनी संगै नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको हो ।
गृह मन्त्रालयले मन्त्रीस्तरीय निणर्यबाट डीआईजीहरुको सरुवा गरेको हो ।

Ganyapdhura gau

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए । हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गृहले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ । प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य पठाइएका छन् । कर्णालीमा गणेशबहादुर ऐरलाई पठाइएकाे छ ।

प्रहरी नायव महानिरीक्षकहरुको सरुवा सम्बन्धमा :

Couple
Loading...