आयुर्वेद चिकित्सालयद्वारा पत्रकारलाई आयुर्वेधिक औषधी हस्तान्तरण
अत्तरिया, ७ असार- सुदूरपश्चिम प्रदेश आयुर्वेद चिकित्सालयद्वारा प्रदेश पत्रकारहरुलाई आयुर्वेधिक औषधी सहयोग गरेको छ । प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डाक्टर खगेन्द्र बमले पत्रकार महासंघलाई औषधी हस्तान्तरण गरेका हुन् ।




सोमबार कैलाली पत्रकार महासंघका अध्यक्ष हिमालय जोशीले उक्त औषधी सामग्रीहरु बुझेका छन् । आयुर्वेद चिकित्सालयले च्यवनप्राश र मुलौटी चूणर् औषधी महासंघलाई हस्तान्तरण गरेका हो । डाक्टर वमका अनुसार यस प्रकारको आयुर्वेद औषधीले मानवमा युनिटि पावर वढाउनका साथै धेरै रोग निको पार्ने गर्दछ ।


दोस्रो चरणको कोरोना संक्रमणको जोखिम हटेको छैन् । आयुर्वेद औषधी दैनिक खाने हो भने धेरै प्रकारको रोग निको पार्नुका साथै कोरोना निको भएपछिको असरलाई पनि कम गर्ने डाक्टर बमले बताए ।
बमले कोरोना संक्रमण भएर निको भएकाहरुले आयुर्वेद औषधी खान आवश्यक रहेको समेत बताएका छन् । ४० देखि ५० प्रतिशत मानिसहरु पछिल्लो समय आयुर्वेधिक औषधी खाईरहेको समेत बताए ।




