कैलालीमा एक जना मृत फेला

Dadeldhura hospital

धनगढी- कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको जानकी गाँउपालिका–६ जगतपुर बड्कापुरुवास्थित रानी जमराको सहायक नहरको किनारमा सोही गाँउपालिका–९ का ५५ वर्षीय रंग कडारा बिहीबार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीले थप अनुसन्धान गरिरहेको छ।

 

Loading...