सुदूरपश्चिम विश्वविद्यालयमा लागेको ताला तत्काल हटाउन सांसद भट्टराईको माग

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छिन्।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँ जिम्मेवार नभएका कारण ती दुवै  विश्वविद्यालयमा निरन्तर रूपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाइ गर्न नहुने बताइन्।

Navadurga sun

उनले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रूपमा विकास गर्न पनि सरकारलाई सचेत गराइन्। सांसद भट्टराईले सत्ता पक्षकै विद्यार्थी संगठनहरूले विश्वविद्यालयलाई तालाबन्दी संस्कृतिको केन्द्र बनाएको आरोपसमेत लगाइन्।

 

ADD Khali jpg
Loading...