बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर घाइते

बैतडी- बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी गम्भीर घाइते भएकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ बगरेठीकी जयराम लुहारकी अन्दाजी १७ वर्षीय छोरी पुजा लुहार गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

उनको अवस्था गम्भीर रहेको र उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको उनले बताए। चितुवाले उनको घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ।

Navadurga sun

तालिगाडरोल भन्ने स्थानमा घाँस काट्न गएका बेला बिहीबार अन्दाजी मध्याह्न १२ बजेतिरको समयमा उनलाई चितुवाले आक्रमण गरेको हो। घाँस काटिरहेको स्थानबाट घाँस काट्न गएकी लुहारलाई चितुवा करिव पाँच सय मिटर तल घिसारेर लगेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीनबहादुर चन्दले जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...