



धनगढी- धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१२ डि गाउँ बस्ने ४० वर्षीय महादेव भट्ट मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।


उनका अनुसार भट्ट बुधवार दिउँसो स्थानीय पदम भट्टको खेतमा मृत भेटिएका हुन्। उनी मंगलवार बिहान घरबाट खाना खाएर निस्किएपछि सम्पर्कविहीन भएको बुझिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





