थारु समुदायमा अष्टिम्की पर्व मनाइँदै

कञ्चनपुर- कञ्चनपुरका थारु समुदाय हर्षोल्लासपूर्वक आज अष्टिम्की ९श्रीकृष्णजन्माष्टमी० पर्व मनाइरहेका छन् । सो समुदायले पृथक शैलीले अष्टम्की पर्व मनाउने गरेका छन् । थारु समुदायका घरमा भगवान श्रीकृष्णसहित मानव जातीको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने चित्र कोरेर पूजा गरेर पर्व मनाइने गरिन्छ ।

Ganyapdhura gau

सो अवसरमा घर–घरमा पूजा गर्नका लागि परापूर्वकालदेखिनै चित्र कोर्नुपर्ने चलन चल्दै आएको छ ।थारु समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातीको जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलापको चित्रको माध्यमबाट देखाउने गरिएको वडघर रामप्रसाद चौधरीले बताए ।

Navadurga sun

महिला पुरुष दुवै जनाले अष्टम्कीका अवसरमा चित्र कोर्ने गरेका छन् । विशेष गरी व्रतालु महिलालाई चित्र बनाउनमा बेफुर्सदिला बनेका छन् । “ब्रम्ह मूहर्तमा दर खाएपछि घरमा रहेको बर्ही (बैठक) कोठमा व्रतालु थारु महिलाले आफ्नै हातले कान्हा अर्थात भगवान श्रीकृष्णको चित्रसहित अन्य लोक चित्र बनाउने कार्य गर्दै आएका छन्” उनले भने, “महिलाले बनाउन नजानेको ठाउँमा पुरुषले गएर चित्र कोर्ने गर्दछन् ।”

चित्र बनाउदा पश्चिम तर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गगटा, सर्प, कुकुर, रुखमा सबेका बाँदर गड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, उट, कुखुरा, मयुर, विच्छी, वासुकि नागलगायतका जलचर र थलचर प्रणीहरुका चित्र बनाइने गरिन्छ । चित्र बनाउनेबीच भागमा दुलही अनमाउदा दुलहीलाई लैजाने डोले सहितको डोलीकोसमेत चित्रका माध्यमले देखाउने गरिन्छ ।

अन्न राख्ने भाँडो र दिवालमा यी चित्र बनाइने गरिएको सीताराम चौधरीले बताए । “पहिले महिलाले मात्रै अष्टिम्कीका बेला चित्र बनाउने गर्दथे” उनले भने, “हाल पुरुषले समेत चित्र बनाउने गरेका छन ।” सिलौटामा पिनेको चामल, धानको भुसको प्रयोग गरी डेहरीमा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाई रङ्गमा डुवाइचित्र बनाइने गरिने भए पनि हाल बजारमा पाइने रङ्गमा कुचिको प्रयोग गरी चित्र बनाइने गरिएको उनको भनाइ रहेको छ ।

Dadhaldhura pur

सृष्टीको रचना,देखि मानव जातीलाई बाच्नका लागि आवश्यकपर्ने वस्तुबारे चित्रका माध्यमले व्यक्त गरिने भएकाले थारु समुदायको लोक चित्रकलाको निकै महत्व रहेको छ । थारु समुदाय प्रकृति पुजारीका रुपमा रहेकाले पाँच हजार वर्ष अघिदेखि चित्र बनाउने कलाको सुरुवात भएको धनबहादुर कुश्मी बताउँछन् ।

उनका अनुसार थारु समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाउने गर्दथे । उनका अनुसार चित्रमा लगाइने रङगकोसमेत आ –आफनै महत्व रहेको छ ।

कालो रङ्ग शून्यताको प्रतिक, रातो रङ्ग जीवनको उमङ्गता, हरियो रङग धैर्यताको प्रतिक, पहेँलो रङ्ग बुद्धिमताको प्रतिक, खैयर रङग शरीरको संवेगात्मक अवस्थाको प्रतिक र निलो रङगलाई परम्परा र मूल्य मान्यताको प्रतिकका रुपमा लिइने गरिन्छ ।

थारु संस्कृतिका जानकारका अनुसार अष्टिमकीको चित्रमा अत्यधिक मात्रामा ज्यामितीय स्वरुपहरुको प्रयोग गरिन्छ । थारु लोक चित्रकारहरुले शिर र रोदनका लागि अण्डाकार शरीरको लागि घनाकार वा त्रिभुजाकार हात र खुट्टाका लागि शङ्कु आकारको प्रयोग गर्दछन् । यी चित्र सरल तरिका आकर्षक रुपमा बनाइने गरिन्छन् ।

अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गर्नेकार्य गरिएपछि महिलाले निरहार बसी भोको पेटमा परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने गरेको हबल्दार चौधरीले बताए । पूजा गर्दा घरका सबै सदस्य पूजा गर्ने ठाउमा जम्मा हुने गर्दछन् उनले भने, “व्रतालु महिला चोखो गरी पकाएको खाना र फलफूल ग्रहण गर्दछन् ।”

अष्टिम्कीको रातभरी जाग्राम बसी घरका सबै जनाले कान्हा (श्रीकृष्ण) को परम्परागत लोक भाखामा गीत गाउने गर्दछन् । अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी पूजा गरिएको सामग्रीसहित चालम सहितको दियो बालेर नदी तलाउमा विषर्जन गरी स्नान गरेर सबै जना घर फर्कने गर्दछन् । घरमा बनाइएका पकवानको केही भाग भगवानलाई अर्पण गरी व्रतालु महिलाले भोजन ग्रहण गर्दछन् ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...