एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने

काठमाडौँ- एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ । सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको हो ।अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ ।

सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णयसहितको प्रस्ताव पनि पारित गरेको छ । सम्मानित नेता झलनाथ खनालका अनुसार अभियान मेचीबाट सुरु गरेर महाकालीमा समापन गर्ने तयारी छ ।

Navadurga sun

एकीकृत समाजवादीका नेताहरूका अनुसार अभियानमा सचिवालयका अधिकांश नेताका साथै १ सयभन्दा बढी नेता कार्यकर्ता अभियानभर सहभागी हुनेछन् ।

सचिवालय बैठकले माघ १४–१८ मा हुने महाधिवेशनको केही तालिका समेत तय गरेको छ । त्यसमा असोज ५ भित्र सबै कमिटीका बैठकहरू बसिसक्न निर्देशन दिने, तल्ला कमिटीका रेकर्डहरू पार्टी केन्द्रमा पठाउनुपर्ने, असोजभित्र दस्ताबेजहरू तयार गरिसक्नुपर्ने लगायतका तालिका तय गरेको एक सचिवालय सदस्यले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...