अस्मिता मृत्यु प्रकरण : तिन दिन वितिसक्दा समेत पोष्टमार्टम हुन सकेन

डडेल्धुरा, ७ असार- परशुराम नगरपालिका वडा नं.९ को हट्वानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेकि परशुराम नगरपालिका वडा नं. ८ जमरानीकी २६ बर्षिय अस्मीता धामीको पोष्टमार्टम हुन सकेको छैन । जोगबुडा अस्पतालको शवगृहमा राखिएको अस्मीताको शव विज्ञ चिकित्सक र उपकरण अभावमा पोष्टमार्टममा ढिलाई भएको अस्पतालले जनाएको छ ।

शबको पोष्टर्माटम समयमा नहुँदा अपराधि उम्कने भन्दै पिडित पक्ष आक्रोसित बनेका छन् । आईतबार अस्मीताको शवको पोस्टमार्टम चाडो भन्दा चाडो हुनेपर्ने माग गदै स्थानियले परशुराम नगरपालिकाका कार्यालय प्रमुख र उप प्रमुखको कार्यकक्ष समेत घेराउ गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

जोगबुडा अस्पतालमा बिषय बिज्ञ डाक्टर नभएकाले जटिल प्रकृतीको घटनामा बिज्ञ माग गर्न आफुहरुले अनुरोध गरेको जोगबुडा अस्पतालका डाक्टर मान बहादुर बोहराले जानकारी दिएका छन् । विभिन्न अस्पतालमा एमबिबिएस डाक्टरहरुले पोष्टमार्टम गर्ने गरेको भएता पनि आफु स्थानीय भएका कारण र घटना जटिल भएकाले बर्षाका कारण प्रमाण मेटीन सक्ने हुदाँ शव परिक्षणमा समस्या हुनसक्ने भएकाले वाहिरवाट बिज्ञ मगाउन अनुरोध गरिएको समेत डाक्टर बोहराले वताए ।

उताँ नगरपालिकाले पनि प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय संगै कैलाली कञ्चनपुरमा बिज्ञ डाक्टर मागका लागि पत्राचार र टेलिफोन सम्पर्क गरि सकेको परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले जानकारी दिए । असार २ गते देखी वेपत्ता भएकी परशुराम नरपालिका वडा नं. ८ जमरानीको आधारभूत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगी पदमा कार्यरत अस्मीता धामीको शनिवार बिहान ११ बजे परशुराम नगरपालिका वडा नं. ९ को हट्वानी सामुदायिक वनमा शब फेला परेको थियो ।

घटनास्थलमा भेटीएका भ्याक्सीन क्यारीङ बक्स, मृतकको चप्पल, एक ब्लुडायमण्ड नामक मदिराको खाली सिसी समेत प्रहरीले नियन्त्रणमा लिएको छ भने, मृतक अस्मीताले प्रयोग गर्ने गरेको भिवो कम्पनीको मोवायल सेट फेला पार्न सकेको छैन ।

प्रहरीले घटनाको अनुसन्धानलाई तिब्रता दिएको छ भने थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश धनगढीवाट प्रहरी नायब निरिक्षक पदम थापा, जिल्ला प्रहरी कार्यालय डडेल्धुरावाट प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाल र संघिय प्रहरी कार्यालय कञ्चनपुरवाट प्रहरी नायव उपरिक्षक लक्ष्मण शाहि नेतृत्वको टोली घट्नाको अनुसन्धान गर्न खटिएका छन् ।

Loading...