कैलालीमा निषेधाज्ञा एक साता थप्ने तयारी, निषेधाज्ञा केही खुकुलो हुने






धनगढी, ७ असार- कैलालीमा एक साता पुन निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदै छ ।


सोमबार दिउँसो जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकबाट एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । अव थपिने निषेधाज्ञा केहि खुकुलो हुने समेत जनाइएको छ।



