प्रतिभा सामुदायिक पुस्तकालयले मनायो १६ औं राष्ट्रिय पुस्तकालय दिवस

अत्तरिया, १५ भदौ- कैलालीको अत्तरियामा १६ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं.१ अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयले शुक्रबार १६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारी अन्तर मावि स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको हो ।

पुस्तकालयले दिवसको उपलक्षमा गोदावरी नगरपालिका क्षेत्र भित्र पर्ने गरी अन्तर मा.वि.स्तरीय कविता प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

संस्थाका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी पौडेल कुँवर रहेकी थिईन । त्यस्तै विशिष्ट अतिथिमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेन्द्र बहादुर ऐर, दुर्गा लक्ष्मी नमुना मा.वि.का अध्यक्ष गणेश बहादुर शाह रहेका थिए ।

Dadeldhura hospital

प्रतियोगी विद्यार्थीहरुलाई आयोजक प्रतिभा सामुदायिक पुस्तकालयको तर्फबाट कविताको शीर्षक ‘ज्ञानका लागि पुस्तक’ यस अघि नै संप्रेषण गरिएको थियो ।

शुक्रबार भएको उक्त प्रतियोेगितात्मक कार्यक्रममा गोदावरी नगर क्षेत्र भित्रका कुल १५ वटा माध्यमिक विद्यालयहरुबाट आएका २७ जना विद्यार्थीहरु सहभागी भएको आयोजकले जनाएको छ । उक्त कविता प्रतियोगिताका निर्णायकको रुपमा डोटी क्याम्पसका पूर्व प्राध्यापक तीर्थराज जोशी संयोजक रहनेगरी साहित्यकार कृष्णराज ओझा र तारा भट्ट पल्लवी निर्णायक सदस्य रहेका थिए ।

प्रतियोगितामा शैनिक आबासिय महाबिद्यालकायका लक्ष्मी जैशी पहिलो भएका थिए भने दुर्गालक्ष्मी नमुना बिद्यालकायका नितिका अबस्थी दोस्रो भएका थिए । त्यस्तै शैनिक आबासिय महाबिधालय कै प्रबिण भण्डारी तेस्रो भएको थियो भने सान्त्वनामा सत्यवती एकेडेमीका राजेश कठायत र जे.के. सेकेण्डरी स्कुलका हिमाली रावल भएको आयोजकले जनाएको छ ।

त्यस्तै पुस्तकालयका वर्तमान उपाध्यक्ष एवम् कार्यक्रम संयोजक यज्ञराज हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालत संस्थाका सह-सचिव भूपेश जोशीले गरेका थिए ।

Loading...