टीकापुर नगरपालिकाको नीति तथा कार्यक्रम पारित

टीकापुर, ६ असार- कैलालीको टीकापुर नगरपालिकाद्वारा आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तुत नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले नवौं नगरसभा अधिवेशन मार्पmत प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाले पारित गरेको हो ।

नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा ‘उत्पादनशील, स्वस्थ, शिक्षित, पूर्वाधारयुक्त, सुव्यवस्थित पर्यटकीय नगर’ को दीर्घकालीन सोचलाई पूरा गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख रावलले बताए । प्रस्तुत नीति तथा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रण, आर्थिक विकास, एक वडाः एक गौरबको सडक योजना, ४३.७५ किलोमिटर बाह्य चक्रपथ निर्माण तथा स्वास्थ्य सुविधा पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिइएको बताएका छन् ।

Navadurga sun
Godawari sandesh

यसअघि सञ्चालन हुँदै आएका कार्यक्रमको निरन्तरता सँगै कोरोना रोगका लागि सबैका लागि खोप, मेयर जेष्ठ नागरिक कार्यक्रम, ग्रामीण अल्टासाउण्ड कार्यक्रम, आमासगँ उपमेयर कार्यक्रम, नमूना स्वास्थ्य वडा कार्यक्रम, आयुर्वेद स्वस्थ जीवन कार्यक्रम समेटिएको छ ।

Dadeldhura hospital

टीकापुर शहरलाई सडक मानव रहित नगर, विपन्न नागरिकको ओठमा हाँसो, स्थानीय सरकारको प्रमुख चासो, हाम्रो सहकारी राम्रो सहकारी, विपन्नलाई टेवा सहकारी मार्फत् सेवा, एक वडा एक उत्पादन, नमूना बजार व्यवस्थापन कार्यक्रम समेटिएको छ ।

त्यस्तै शव दाह गृह निर्माण तथा टीकापुर एयरपोर्ट सञ्चालन, टीकापुर पर्यटन सर्किट अन्तर्गत पूर्वाधार विकास कार्यक्रम, ढल निर्माण, यातायात गुरुयोजना, भू उपयोग योजना अगाडि बढाइने कार्यक्रम ल्याइएको छ । टीकापुर नगरपालिकाको वडा नं. १ र २ लाई वडा विभाजन गर्ने विषय समेत नीति तथा कार्यक्रममा पुनः समेटिएको छ । यो नीति गत वर्ष नै समेटिएको थियो । वडा विभाजनका लागि आवश्यक गृहकार्य नपुगेको भन्दै हिउँदे नगरसभा स्थगित भए पनि त्यसयता आवश्यक तयारी भएको थिएन ।

नगर सभामा बोल्दै सदस्य एवं वडा ७ का अध्यक्ष रामलाल डगौरा थारुले नीतिमा वडाको संख्या नै उल्लेख हुनुपर्ने माग गरे । क्षेत्रफल र भूगोल प्राविधिकको सहयोगमा छुट्याउनु पर्ने बताउँदै अध्यक्ष थारुले नीति तथा कार्यक्रममै वडाको संख्या तोकिनु पर्नेमा जोड दिए । अध्यक्ष थारुको प्रस्तावको जवाफमा नगर प्रमुख रावलले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि नगर सभा नसकिँदै वडाको विभाजनको लागि आवश्यक छलफल गरिने बताए ।

नीति तथा कार्यक्रममा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रस्तुत नीति तथा कार्यक्रम पारित भएसँगै नवौं नगरसभा जेठ १० गते विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

Loading...