सचेतना अभिबृद्धी गर्ने उद्देश्यले प्रहरी द्वारा विभिन्न ठाउँमा ब्यानर र होर्डिङ बोर्ड

धनगढी– जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढीका विभिन्न ठाउँमा ट्राफिक सचेतना मुलक ब्यानर तथा होर्डिङ बोर्ड राखेको छ । सवारी साधन चालक र परिचालक तथा सर्बसाधारणहरुमा ट्राफिक सचेतना अभिबृद्धी गर्ने उद्देश्यले ट्राफिक सचेतना मुलक ब्यानर तथा होर्डिङ बोर्ड राखिएको हो ।

धनगढी बजारको चटकपुर, ट्राफिक चौराह, बसपार्क, एलएन चोक, अस्पताल लाईन, क्याम्पस चोक, डिभोटी चोक लगायतका २२ स्थानमा सचेतना मुलक ब्यानर तथा होर्डिङ बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहराले जानकारी दिए ।

Navadurga sun

उनका अनुसार प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरणका लागी लेन अनुशासन पालना गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऔ, तिब्र गतिमा सवारी नचलाऔ, सुरक्षित सडकको प्रयोग गरौ, ट्राफिक नियम पालना गरौ, ट्राफिक संकेतको पालना गरौ लगायतका नाराहरू समाबेश गरिएको छ ।

बजारका विभिन्न ठाउँमा राखिएका ट्राफिक सचेतना मुलक ब्यानर तथा होर्डिङ बोर्डले केही हदसम्म भएपनि नागरिकमा सचेतना अभिबृद्धी हुने विश्वास लिईएको ट्राफिक प्रमुख बोहराले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...