कञ्चनपुरमा एक जना मृत फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ राम जानकी मन्दिरमा बस्दै आएका बझाङ केदारस्यु गाउँपालिका–८ का ७६ वर्षीय रामदत्त जोशी मृत अवस्थामा फेला परेका हुन्।

मन्दिरको धुनिघरको पछाडिपट्टिको धारामा सोमबार उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Loading...