दार्चुलामा मट्टितेल छर्केर एक महिलाले गरे आत्मदाहको प्रयास

दार्चुला- दार्चुलामा एक महिलाले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा—५ तल्लो सेतकला बस्ने वर्ष ४५ कि कम्मान सिंह साउदकी श्रीमती सुना साउदले आफनैँ शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

आइतबार बिहान साउदले घरमा कोही नभएको बेला शरीरमा मट्टितेल हालेर आगो लगाएको र छिमेकीहरूले थाहा पाएपछि शरीरमा लागेको आगो निभाएर गोकुलेश्वरअस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

घाइते साउदको घुँडा भन्दा माथिको भाग जलेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते साउदको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Couple
Loading...