बैतडीमा करेन्ट लागेर एकजनाको मृत्यु

बैतडी- बैतडीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखकको करेन्ट लागेर मृत्यु भएको हो ।

घरभित्र कोठामा बिजुलीको तार जोडिरहेका लेखक करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

Navadurga sun

यसैगरी दशरथचन्द नगरपालिका–५ आइतका ४३ वर्षीय केशवदत्त लेखक (लछु) मृत भेटिएका छन्। केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेको प्रहरी निरीक्षक केसीले बताए। शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन्।

उनको मृत्युको कारण खुल्न सकेको छैन। शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र परीक्षण रिपोर्टपछि के कति कारण कारण मृत्यु भएको खुल्ने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...