बुबाको मृत्यु, आमाले दोस्रो बिहे गरिन्, छोराछोरीको बिचल्ली

बाजुरा- खप्तड छेडेदह गाउँपालिका ४ खातीगाउँमा बुवाको मृत्युपछि आमाले दोस्रो विवाह गरिन्। उनीहरुका दुई छोराछोरीको बिचल्ली भएको छ।

बुबा जीतबाहदुर धामीको कामको शिलशिलामा भारतको बिथौगाढमा बिजुलीको तार सट भएर करेन्ट लागेर मृत्यु भएको थियो। आमा रामकला धामीले दुई भाई बहिनीलाई बिचल्लीमा छोडेर दोस्रो बिहे गरेर गएकी स्थानीय चन्द्र धामीले जानकारी दिइन्।

Navadurga sun

१२ वर्षका छोरा लक्ष्मण धामी र ८ वर्षकी छोरी विपना धामी बिचल्लीमा रहेका छन्। अहिले दुबै दाजुबहिनी आफन्त, गाउँलेको घरमा सहारा लिएर बसिरहेका स्थानीय स्थानीय राजेन्द्र धामीले बताए। उनीहरुलाई दैनिक खानलगाउनसमेत समस्या भएको छ।

दुवै दाजुबहिनी लक्ष्मण र विपना गाउँ नजिकै रहेको खापरदेवस्थी माविमा अध्यानरत छन्। लक्ष्मण र विपनाले आमाले दोस्रो बिहे गरेर गएपछि स्कुल जान पनि छोडेका छन् । स्कुल जान लुगा, कापीरकलम नभएकोले जान नसकिएको लक्ष्मण धामीले बताए। आफू र बहिनी दुवैलाई खानाको जोहो गर्नै मुस्किल छ। पढ्ने रहर भए पनि रहर मानेर मात्र नपुग्ने लक्ष्मणले बताए।

बुवाको मृत्युपछि पनि दाजुबहिनी स्कुल पढ्दै थिए तर अब आमाले दोस्रो विवाह गरेपछि शिक्षदिक्षा तथा पालनपोषणमा समस्या भएको खप्तड छेडेदह ४ का वडा अध्यक्ष दलबहादुर धामीले बताए । यो समस्यलाई वडा वा गाउँपालिकाबाट हल हुने गरी पालिकको बैठकमा कुरा उठाएर तिनको पालन पोषण र शिक्षा दिक्षाको लागि पहल गरिरहेको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...