डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत युवती मृत फेला




डडेल्धुरा, ५ असार- डडेल्धुराको एक स्वास्थ्य संस्थामा कार्यरत एक युवतीको शव फेला परेको छ । परशुराम नगरपालिका वडा नं. ८ जमरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मीता धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।



असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुडा अस्पताल जाने क्रममा उनी बेपत्ता भएकी थिइन् । उनको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो । २ गते हराएकी उनको आज शव फेला परेको प्रहरीले जनाएको छ ।


स्थानीय हट्वानी सामुदायिक वनमा मृत अवस्था फेला परेकी उनको हत्या भएको हुनसक्ने स्थानीयको आशंका छ ।
प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले अहिले इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्लाबाट टोली पठाइएको बताएका छन् ।
‘तीन दिनअघिबाट सम्पर्कविहीन भएकी युवतीको शव फेला परेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गर्छ अनि मात्रै हत्या हो या होइन भन्न सकिन्छ,’ उनले भने



