बझाङमा भिरबाट लडेर एक जना बेपत्ता

बझाङ, ५ असार- बझाङमा भिरवाट लडेर १ जना बेपत्ता भएका छन् । जिल्लाको दुर्गाथली गाउँपालिका वडा नं. ३ का ४० वर्षीय मीनबहादुर धामी धउलावन भीरबाट लडेर बेपत्ता भएका हुन् ।

Dadeldhura hospital

उनी असार ३ गते बेलुका ६ बजे जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा भीरबाट लडेका थिए । उनलाई अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

उनको खोजीमा अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ । निकै अफ्ठ्यारो भिर भएकाले खाेजी कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...