दार्चुलाका प्रधानाध्यापक छ दिनदेखि बेपत्ता

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक छ दिनदेखि बेपत्ता भएका छन् । लेकम गाउँपालिका–२ स्थित श्री सरस्वती आधारभुत विद्यालय बिटोराका प्रधानाध्यापक अनिरुद्ध भट्ट छ दिनदेखि बेपत्ता भएको आफन्त अम्बादत्त भट्टले जानकारी दिए ।

Ganyapdhura gau
Dadeldhura hospital

५६ वर्षीय भट्ट साउन ३१ गते मङ्गलवार दिउँसो आमालाई खाना पकाउन भनी आफू नुहाउनका गएपछि सम्पर्कविहीन भएको उनले बताए । बेपत्ता शिक्षक भट्टको स्थानीयहरू र प्रहरीले खोजी गरिरहेका छन् । भिरमा लडेको हुनसक्ने आशङ्कामा नजिकका सबै गाउँका खोला, भिर पाखाहरूमा हेरे पनि नभेटिएको बताइएको छ ।

Navadurga sun
Godawari sandesh

प्रहरी चौकी राता माटाबाट निरन्तर सुरक्षाकर्मीहरू खोजी कार्यमा खटिएका छन् । इलाका प्रहरी कार्यालय रिठाचौपाताका इन्चार्ज तिलक कलौनीको नेतृत्वमा रिठाचौपाताबाट समेत प्रहरी टोली खटिएको थियो । स्थानीय र प्रहरीले खोजी गर्दा अहिलेसम्म बेपत्ता भट्ट फेला नपरेको रिठाचौपाता प्रहरी कार्यालयका इन्चार्ज तिलक कलौनीले बताए ।

Couple
Loading...