समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा आयोजना गर्ने

Dadeldhura hospital

काठमाडौं- समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको छ । नेकपा एसको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट घोषणा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बताए । ८ गते वीरगञ्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभाको आयोजना हुने छ ।

यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सन्देशसभाको आयोजना गरिने बैठकपछि नेता प्रमेश हमालले बताए । यस्तै बैठकले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।

 

Navadurga sun
Godawari sandesh
Loading...