Satyawati
Division ban Pahalmanpur

‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीता आयोजना गर्ने

Purbadhar dadeldhura

राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास लिएको छ ।

Malpot office dadeldhura

यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरुले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संकृती र मनोरञ्जन लगायतका बिषयमा बढीमा ५ मिनेटसम्मको लघु चलचित्र बनाउनुपर्नेछ ।

अध्यक्ष किरण पौडेलले जारी गरेको विज्ञप्तीमा यूवाहरुको प्रतिभा पहिचान, प्रस्फुट र प्रवद्र्धन गर्ने उद्देश्यसहित यो प्रतियोगीता आयोजना हुन लागेको भन्दै नेपाली जोकोहीले पनि सहभागीता जनाउने सक्ने उल्लेख छ । असार २५ गतेसम्म ‘म केही गर्छु’ बिषयमा केन्द्रित रहेर स्क्रिप्ट वुझाउनुपर्नेछ । स्क्रिप्टलाई विज्ञ समुहले सुझाव दिनेछ । यसपछि बनेका चलचित्रमध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने चलचित्रलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...