एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिव पोखरेल

धनगढी – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन्। आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको बताए।

प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, ‘पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनता र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ।’ महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टीविरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गरे।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...